प्रत्यक्षमा नराम्ररी पराजित भएको कांग्रेस समानुपातिकमा पहिलो

नुवाकोट, २७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ भने कांग्रेस अगाडि देखिएको छ बुधबार बिहान सम्पन्न मतगणना अनुसार, नुवाकोटमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भएको छ ।

प्रत्यक्षतर्फको छ वटै सिट गुमाएको कांग्रेसले समानुपातिकमा ४७ हजार २ सय ५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै एमालेले ३९ हजार ६ सय ९ मत ल्याएर दोस्रो र नेकपा माओवादी केन्द्रले २७ हजार ८ सय ५० मत ल्याएर तेस्रो भएको छ ।

प्रतिनिधिसभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं. १ मा कांग्रेस पहिलो भएको छ भने क्षेत्र नं. २ मा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा २३ हजार २ सय ९५ मतसहित कांग्रेस पहिलो, १८ हजार ५ सय १२ मत सहित माओवादी दोस्रो र १४ हजार ३ सय ५३ मतसहित एमाले तेस्रो भएको छ ।

क्षेत्र १ को प्रदेश सभातर्फ प्रदेशसभा क मा कांग्रेसले १२ हजार २६, माओवादीले १० हजार ६ सय ४६ र एमालेले ५ हजार ३ सय ३२ मत ल्याएको छ । प्रदेश ख मा कांग्रेसले ११ हजार २ सय ६९, एमालेले ८ हजार ७ सय ८३ र माओवादीले ७ हजार ८ सय ६६ मत ल्याएको छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेले २५ हजार २ सय ५६, कांग्रेसले २४ हजार १ सय ६०, माओवादीले ९ हजार ३ सय ३८ मत ल्याएको छ । क्षेत्र नं. २ को प्रदेश क मा एमालेले १२ हजार २ सय २९, कांग्रेसले १० हजार ८ सय ७२ र माओवादीले ५ हजार १ सय ९ मत ल्याएको छ । यस्तै प्रदेश ख मा कांग्रेसले ११ हजार ५ सय ६३, एमालेले १० हजार ७ सय २२ र माओवादीले ५ हजार २ सय ६२ मत ल्याएको छ ।

Loading...