गाउँका धामीझाँक्रीलार्इ तह लगाउन सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं, २७ मंसिर । गाउँमा अहिले पनि धामी झाँक्री पर्था कायमै छ । मान्छे विरामी परेमा फस्ट एडका रुपमा पहिलाे उपचार धामी झाँक्रीले गर्ने चलन अहिले पनि हराएकाे छैन । धाँमी झाँक्रीकाे फुकफाकले सन्चाे नभएमा मात्र मानिसहरु अाधुनिक उपचार प्रक्रियातर्फ लाग्ने गरेकाे पाइन्छ । यसाे गर्दा धेरैले अकालमै ज्यान गुमाएका छन् । त्यस्तै तरार्इ र कतिपय पहाडी जिल्लामा धामी झाँक्रीले बाेक्सा बाेक्सी ताेकेर केही मानिसलार्इ अपमानपूर्ण व्यवहार गरेका र बर्बरतापूर्वक हत्या गर्ने गरेका घटना पनि छन् ।

यसैबीच सर्वोच्च अदालतले धामी/झाँक्रीलार्इ तह लगाउन एउटा अादेश दिएकाे छ । धामी झाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै सर्वाेच्च अदालतले यसविरुद्ध कडा कदम उठाउन सरकारलाई आदेश दिएको हाे ।

धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण गरिरहेकाले उनीहरूलाई नियन्त्रणको उपाय खोज्नसमेत सरकारको ध्यानाकर्षण गरिएको छ।

बोक्सी आरोपमा क्रूर ढंगले हत्या गरिएकी चितवन बघौडाकी ठेगनीदेवी महतोको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च उक्त निष्कर्षमा पुगेको हो। धामी÷झाँक्रीको अन्धविश्वासमा छिमेकीले महतोलाई मट्टितेल छर्केर आगो लगाई हत्या गरेका थिए।

२०६८ फागुन ५ गते दर्जनौं प्रत्यक्षदर्शीका सामु महतोको जघन्य हत्या भएको थियो। सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासको पूर्ण फैसला सर्वोच्चले मंगलबार सार्वजनिक गरेको छ।

‘बोक्साबोक्सी, भूतप्रेत हुँदैनन्। धामीझाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठीक पार्न सकिँदैन। ठीक पार्न सकिन्छ भन्नु अन्धविश्वासबाहेक केही होइन’, सर्वोच्चको ठहर छ, ‘यो सन्देश सोझो रूपमा जनतासमक्ष पुर्‍याइनुपर्छ।’

Loading...