पोलिटब्यूरो सदस्यसहित गिरफ्तार नेकपाका दर्जन नेता कार्यकर्ता रिहा

काठमाडौं, २६ मंसिर । निर्वाचनका क्रममा गिरफ्तार भएका नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाइ प्रहरीले रिहा गर्न सुरु गरेकाे छ । अहिलेसम्म एक दर्जन नेता कार्यकर्ता रिहा गरिए पनि अझै ठूलाे सङ्ख्यामा कार्यकर्ताहरु प्रहरी हिरासतमै भएकाे नेकपाले जनाएकाे छ ।

यसक्रममा प्रहरीले काठमाडाैंबाट नेकपाका पोलिटव्युरो सदस्य चन्द्रबहादर चन्द ‘वीरजंग’ र पत्रकार तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई रिहा गरेको छ । यो हप्ता देशभरबाट पार्टीका एक दर्जन बढी नेता कार्यकर्ता रिहा भएका छन् ।

काठमाडौबाट पक्राउ परेका नेता वीरजंग र थपलियालार्इ करिव एक महिना हिरासतमा राखिएकाे थियाे । उनीहरुलाई पाँच हजार धरौटीमा रिहा गरिएको छ । छोराको उपचारको लागि काठमाडौं अाएको बेला चुनाव विरोधी गतिविधमा लागेको अारोपमा प्रहरीले पाेलिटव्युराे सदस्य वीरजंगलार्इ मंसिर ८ गते बुढानिलकण्ठबाट गिरफ्तार गरेको थियो ।

जनसांस्कृतिक महासंघका महासचिव थपलीयालाई प्रहरीले मंसिर १ गते काठमाण्डौंका बागबजारबाट पक्राउ गरेको थियो ।
त्यसैगरी प्रहरीले नेकपा धनकुटा इन्चार्ज आकाशसहित ११ जना नेता कार्यकर्ता रिहा गरेको छ । निर्वाचनका क्रममा नेकपाका झण्डै एक हजार नेता कार्यकर्ता गिरफ्तार भएका थिए ।

यस्तै चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीसहित ५ जनालाई प्रहरीले आइतबार रिहा गरेको छ । अाइतबार बेलुका इन्चार्ज बिसीसहित राम राई, ओम लामिछाने र लक्ष्मी न्यौपाने पनि रिहा भएका छन् ।

यसैगरी आइतबार लम्जुङ् सेक्रेटरी सन्तोष कोइरालासहित टेकतारा बोहोरा, गोविन्द तिवारी, स्याङ्जाका दुर्गाबहादुर थापा, डा. शेरबहादुर थापा, राजु पौडेल र थानेश्वर केसी रिहा भएका छन् ।

त्यसैगरी गोरखाका विशाल गजुरेल, भरत कोइराला, अनिल कुमाल, भोला भुजेल, गोकुल कुमाल र मेघराज कुमाल रिहा भएका छन् ।त्यसैगरी बाजुराबाट प्रेम बहादुर खड्का र मकर ओलीलाई पनि अाजै प्रहरी हिरासतबाट रिहा गरिएकाे छ ।

Loading...