चुनाव हारेर कुर्सी छोड्नै पर्ने भएपछि देउवाले यी युवतीलार्इ दिए यस्तो उपहार

काठमाडौं । चुनाव जितेर अाफै प्रधानमन्त्रीमा अाफै निरन्तरता दिने नाराका साथ चुनावी मैदानमा अाेर्लिएका प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला निरास छन् । उनीमाथि पार्टी भित्र र बाहिर चाैतर्फी अाक्रमण पनि भइरहेका छन् । चुनाव हारेका कारण सरकारबाट बाहिरिने पक्कापक्की भएपछि उनी अहिले क्याबिनेटबाट विभिन्न निर्णय गराइरहेका छन् । उनले शक्तिकाे अत्यधिक दुरुपयाेग गरेकाे भन्दै नेकपा एमालेले अापत्ती पनि जनाएकाे छ । वाम गठबन्धनले ठूलाे बहुमत हासिल गरेपछि देउवा नेतृत्वको सरकार संकटमा परेको छ भने अबको केही दिनभित्र नयाँ सरकारको निर्माण प्रक्रिया सुरु हुनेछ ।

तर, कुर्सी छाड्ने बेलामा आइपुग्दा देउवाले एक महिलालाई राज्यका तर्फबाट उपहार दिएका छन् । देउवाको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेर उपहार दिएको हो । देउवाको यो निर्णयसँगै चलचित्र विकास बोर्डले पहिलो पटक महिला अध्यक्ष पाएको छ ।

निकिता चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् । उद्धव कमल थापा नेतृत्वको राप्रपाका कोषाध्यक्ष छन् ।

निकिताले बोर्डको अध्यक्ष बन्न लामो समयदेखि लबिङ गर्दै आएकी थिइन् । र, देउवाले जाँदाजाँदै पूरा गरिदिए ।

५ महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो । निकिता गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत हुन् ।

Loading...