प्रहरीको सर्वाधिक खोजीमा रहेका फरार अभियुक्तले अत्यधिक मतले चुनाव जिते

काठमाडौं, २६ मंसिर । नेपाल प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका अभियुक्तले चुनाव जितेपछि अहिलेकाे चुनावका बारेमा अर्काे टिप्पणी सुरु भएकाे छ । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले अत्याधिक खोजी गरिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिद्वन्द्वीलार्इ ठूलाे मत अन्तरले पराजित गरी चाैधरी विजयी भएका हुन् । मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाममा प्रतिष्पर्धी एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले चौधरीले पराजित गरेका छन् । चौधरी राजपा नेपालबाट उम्मेदवार बनेका छन् ।

चौधरीले ३४ हजार ३ सय ४१ मत पाएका छन् । शाहले १३ हजार ४ सय ६ मत ल्याएकी छन् । प्रदेश सीमांकनको विरोध गर्दै कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनमा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान गएको थियो ।

सोही घटनामा चौधरीको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको छ । प्रहरीको फरार सूचीमा रहेका चौधरीले वारेसनामाबाट उम्मेदवारी दिएका थिए ।

Loading...