नयाँ रेकर्ड कायम गर्दै केपी ओलीले झापामा कांग्रेस हराए

झापा, २४ मंसिर । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं। ५ बाट विजयी भएका छन् । उनले अहिलेसम्मकै सबैभन्दा बढी मत ल्याएर रेकर्ड पनि कायम गरेका छन् ।

झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीलार्इ पराजित गरेका हुन् । अाेलीले अधिकारीलार्इ २८ हजार ८ सय ८२ मतले पराजित गरेका छन् । ओलीले अहिलेसम्मकै सर्वाधिक लोकप्रिय मत ५७ हजार १ सय ३९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका छन् ।

यसअघि एमालेकै पार्वत गुरुङले सर्वाधिक मत ल्याएका थिए । दाेलखा निर्वाचन क्षेत्र नं. १ बाट ५५ हजार ९ सय ५४ मत ल्याएर विजयी गुरुङ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्र खड्काले २४ हजार ८ सय १३ मत ल्याएका थिए ।  

अाेलीले सर्वाधिक बढी मतकाे रेकर्ड ताेडे पनि बढी मतअन्तरकाे दुरी भने ताेड्न सकेनन् । त्याे रेकर्ड भने एमालेकै पार्वत गुरुङका नाममा रहेकाे छ । गुरुङले कांग्रेसका खड्कालार्इ ३१ हजार १ सय ४१ मतकाे अन्तरले पराजित गरेका छन् । 

Loading...