बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी केन्द्रलाई अागामी सरकारको चावी बुझाउने देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एमालेले ४७ स्थानमा जित हात पारिसकेको छ भने ३१ स्थानमा अग्रता लिएको छ । त्यसैगरी माओवादी केन्द्रले १६ स्‍थानमा जितेको छ भने १३ स्थानमा अग्रता लिएको छ ।

अहिलेसम्मको चुनावी नतिजाले नेपाली काँग्रेसलाई तेस्रो स्थानमा झारेको छ । उसले २०६४ को माओवादीको राप र तापमा समेत बचाएका क्षेत्र यसपटक गुमाएको छ । पछिल्लो नतिजाअनुसार काँग्रेसले १० ठाउँमा जित हासिल गरेको छ भने १९ स्थानमा अग्रता लिएको बताइन्छ ।

बाँकी नतिजा जस्तो अाएपनि यस पटकको निर्वाचनको परिणाम काँग्रेसको लागि दुःखद् नै हुने देखिएको छ । चुनावको अन्तिम परिणामपछि काँग्रेस नेताहरुले हारको समग्र समिक्षा गर्लान नै तर बाहिर यसकाे समग्र जिम्मेवारी पार्टी सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवामाथि थुपारिएकाे छ । देउवाले काँग्रेसलार्इ नयाँ एजेण्डा पनि दिन नसकेकाे र बलियो गठबन्धन बनाउन पनि नसकेकाे टिप्पणी छ । 

एमाले-माकेको गठबन्धन बनेपछि काँग्रेसले पनि रणानीति परिवर्तन गर्दै कि एजेण्डा बलियो बनाउनु पर्थ्यो कि त मधेसी दलसहितको गठबन्धन, त्यसको लागि काँग्रेस अाफै लचिलो हुनु पर्थ्यो । केही नेताहरुले सांसद र मन्त्री बन्‍ने सपना देख्न छोड्‍न तयार भएको भए यो हारको भोग्नु पर्ने थिएन नै । चुनाव सम्पूर्ण परिणाम अाएपछि काँग्रेसका हारका अरु धेरै कारणबारे चर्चा गरौंला, त्यो गर्दा उसमाथि न्याय हुन्छ । अझै धेरै स्थानमा मगणना जारी रहेको छ भेन समानुपातिक तर्फको पनि गणना भइरहेको छ । अहिले नै काँग्रेसका हारका कारणमाथि विश्लेषण गरिनु हुँदैन ।

यसैबीच सबै दलभित्रका केही बरिष्ठ हस्तीहरुले चुनाव हारेपछि विभिन्न टिप्पणी सुरु भएका छन् । उसाे त नेपाली कांग्रेसकाे पराजयलार्इ अहिले धेरैले शेरबहादुर देउवाकाे काँधमा बाेकाएका छन् । देउवाकै कारणले कांग्रेसले याे अवस्था व्यहाेरेकाे बताउँछन् । कांग्रेसमा प्रमुख नेता नै प्रभावशाली नहुनु ठूलाे दुर्भाग्य भएकाे कांग्रेस समर्थककाे भनाइ छ । अझ त देउवाकाे नेतृत्व निकै कमजाेर भएकाे उनीहरु बताउँछन् । चुनावी एजेण्डा तय गर्न नसक्नु, सरकारकाे नेतृत्वमा भएर पनि कुनै प्रभावकारी काम गर्न नसक्नु तथा वाक कलामा पनि देउवाकाे निकै हस्याैली अवस्था हुनुले कांग्रेसमाथि जनता भर पर्न नसकेकाे टिप्पणी छ । पार्टीलार्इ वेजाेग अवस्थामा पुर्याएकाे भन्दै अहिले देउवाकाे राजिनामा समेत माग्न थालिएकाे छ । 

अर्काेतिर वामगठबन्धनमा पनि केही नेताहरु हारेका छन् । त्यसमध्ये नेकपा एमालेबाट वामदेव गाैतम र माअाेवादी केन्द्रबाट हारेका नारायणकाजी श्रेष्ठकाे हारलार्इ गठबन्धनका प्रमुख नेताहरुसँग जाेडिएकाे छ । बर्दियाबाट बामदेव हार्नुमा एमाले अध्यक्ष केपी अाेलीकाे हात रहेकाे र गाेरखा २ बाट नारायणकाजी हार्नुमा माके अध्यक्ष प्रचण्डकाे हात रहेकाे चर्चा गर्न थालिएकाे छ । 

पत्रकार हरिहरसिंह राठौरले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई अध्‍यक्ष प्रचण्डले नै हराउन लगाएको बताएका छन‍् ।

एमालेमा बामदेवले चुनावी अभियानका क्रममा अाफू प्रधानमन्त्री हुने भन्दै भाषण गर्न थालेपछि केपीले याेजनाबद्ध रुपमा उनलार्इ पराजित गराएकाे बताइन्छ । बामदेवले अलिबढी समस्या पार्ने देखिएपछि उनलार्इ ठेगान लगाएकाे हुनसक्ने अनुमान छ । सामाजिक सञ्जालमा यस विषयमा थुप्रै टिप्पणी सुरु भएकाे छ । 

त्यसैगरी माअाेवादी केन्द्रमा समस्या पार्ने मध्ये नारायणकाजीलार्इ मानिएकाे थियाे । उनलार्इ कहाँ राख्ने भन्ने प्रश्न सधै प्रचण्डलार्इ सकस पर्थ्याै । उसाे त पार्टी छाडेर गएका बाबुराम भट्टरार्इ वाम गठबन्धन हुँदै फेरि एकतामै फर्कन लागेका बेला नारायणकाजीले नै त्याे सम्भव हुन नदिएकाे बताइन्छ । नारायणकाजीले गाेरखा २ कुनै हालतमा पनि नछाेड्ने स्थिति देखिएपछि बाबुराम भड्केर कांग्रेससँग मिल्न पुगेका थिए । प्रचण्ड भने गाेरखा २ मा बाबुरामलार्इ दिन चाहेकाे तर नारायणकाजीले नमानेपछि त्याे सफल नभएकाे बताइन्छ । त्यतिमात्र नभइ चुनावपछि पनि नारायणकाजीले पार्टी एकतादेखि सरकार गठनसम्म प्रभाव पार्ने भएकाले उनलार्इ साइजमा ल्याउन प्रचण्डले उनलार्इ चुनावी मैदानमै हराइदिएकाे स्राेतकाे दावी छ । 

त्यसैगरी काठमाडाैं निर्वाचन क्षेत्र नम्बर १ मा माधव नेपालले कांग्रेससँग साँठगाँठ गरेकाे अाराेप लगाइएकाे छ । उनले काठमाडाैं २ मा अाफ्नाे जित सुनिश्चित गर्न क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहसँग साँठगाँठ गरेर वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका अनिल शर्मालार्इ नराम्राे ढंगले पराजित गरेकाे बताइन्छ । 

 

Loading...