समानुपातिक तर्फ पनि एमाले पहिलो माओवादी केन्द्र तेस्रो

काठमाडौं, २४ मंसिर । प्रत्यक्ष निर्वाचनमा पहिलाे स्थानमा लिड गरिरहेकाे नेकपा एमाले समानुपातिक तर्फ पनि अग्रस्थानमा रहेकाे छ ।

हाल पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । अहिलेसम्म मतगणना सुरु भएका करिब आधा दर्जन निर्वाचन क्षेत्रकाे परिणाम अनुसार एमालेले अग्रस्थान हासिल गरेकाे छ । त्यसैगरी नेपाली कांग्रेस दाेस्राे स्थानमा छ भने माअाेवादी केन्द्र तेस्राे स्थानमा छ ।

मधेसका जिल्लामा समानुपातिकको मतगणना नभएकाले राजपा र फोरमको खासै मत खसेको छैन । तर, पहाडी जिल्लाबाट समेत राजपा र संघीय फाेरमकाे मत अाएकाे छ । कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

यस्ताे छ आइतबार बिहानसम्मकाे समानुपातिकतर्फको मत

१. नेकपा एमाले- ७३२९३

२. नेपाली कांग्रेस- ६९८४९

३. माओवादी केन्द्र -३०२६२

४. नयाँ शक्ति – ५२४१

५. राजपा-३४८५

६. राप्रपा- २४००

७. विवेकशील साझा- ८३७

८. राप्रपा प्रजातान्त्रिक -६०४

९. संघीय फोरम -४५८

 

Loading...