गोरखा २ मा बाबुराम भट्टरार्इको जित पक्का

गोरखा, २३ मंसिर । नयाँ शक्तिका बाबुराम भट्टरार्इ गाेरखाबाट जित नजिक पुगेका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका नेता नारायणकाजी भट्टरार्इलार्इ निरन्तर पछाडि पार्दै भट्टरार्इ जितकाे नजिक पुगेका हुन् ।

पछिल्लाे मत परिणाम अनुसार गाेरखा २ मा भट्टरार्इ श्रेष्ठभन्दा ४९ सय मत अन्तरले अगाडि छन् । भट्टरार्इले २७ हजार २ सय २३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २२ हजार ३ सय २३ मत प्राप्त गरेका छन् ।

मत गणनामा सरिक एक कर्मचारीका अनुसार गोरखा २ मा अहिलेसम्म ५२ हजार ५ सय ६५ मत गणना भइसकेको छ । अब बाँकी ७ हजार ५ सय मत गन्न बाँकी छ । गणनामा बाबुरामकाे मत निरन्तर अाइरहेकै छ । त्यसैले उनले बाबुराम भट्टरार्इ जितकाे नजिक रहेकाे जानकारी दिए ।

बाबुरामलार्इ सुरुदेखि नै पछ्याइरहेका श्रेष्ठ अहिलेसम्म अग्रता लिन सकेका छैनन् । मतअन्तर बढ्न थालेपछि श्रेष्ठ निरास बनेकाे बताइएकाे छ ।

यसअघि गोरखा २ को प्रदेश ‘क’ मा नयाँ शक्ति पार्टीका हरिशरण आचार्य विजयी भएका छन् । उनले माओवादी केन्द्रकी कमला नहर्कीलाई ३ हजार २७८ मत अन्तरले पराजित गरेका हुन् । आचार्यले १५ हजार ३ सय ४३ मत ल्याएका छन् भने नहर्कीले १२ हजार ६५ मत प्राप्त गरेकी छन् । गोरखामा नयाँ शक्तिलाई कांग्रेसले साथ दिएको थियो भने माओवादी केन्द्रले एमालेको साथ पाएको थियो ।

Loading...