श्रीमतीलाई प्रहरीले थुनेपछि श्रीमान होटेलमा मृत भेटिए, घटना रहस्यमय

काठमाडाैं, २३ मंसिर । नयाँ बसपार्कस्थित एक हाेटलमा रहस्यमय घटना घटेको छ । बसपार्कस्थित मंगलमय शुभकामना गेस्ट हाउसमा एक पुरुष मृत अबस्थामा भेटिएका छन्।

बसपार्क नजिकै रहेको उक्त गेस्ट हाउसमा केही दिनदेखि श्रीमतीसँगै बस्दै आएका बाबुराम केसीले ‘आत्महत्या’ गरेको प्रहरीले बताएको छ । प्रहरी प्रभाग बसपार्कका असई प्रकाश राउतले दिएको जानकारीअनुसार शनिबार विहान उनि झुण्डिएको अवस्था फेला परेका हुन् ।

सुर्खेत बिरेन्द्रनगरकी २३ बर्षीय गीता केसीसंग एक महिनादेखी होटेलमा संगै बस्दै आएका प्युठानका २८ बर्षीय केसी मृत भेटिएका हुन्। प्रहरीका अनुसार उनि बिदेशबाट आएको र काठमाडौँमा गीता केसीसँग बिहे गरेको भन्दै उक्त होटेलमा बस्दै आएका थिए। मृतक बाबुराम केसीको पारिवारिक अवस्था के हो भन्ने बारेमा अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले’आत्महत्या’ गरेको बताएपनि घटना भने रहस्यमय बन्दै गएको छ । होटेलमा बसेका केसीले समयमै पैसा तिर्न नसकेका कारण होटेल सञ्चालक र उनीहरुबीच तिन चार दिनदेखि विवाद भएकाे भएकाे थियाे ।

होटेलमा बसेको पैसा तिर्न र कोठा छोड्न दबाब दिदै आएका होटेल सञ्चालक धन बहादुर रावतले उनीहरुले पैसा नतिरेको भन्दै शुक्रबार दिउसो प्रहरीमा उजुरी दिएका थिए ।

विवादकाबीच होटेल सञ्चालकलाई तिर्न नपुगेको पैसा खोज्न भनेर मृतक केसी शुक्रबार दिउसो भक्तपुर आफन्तकोमा गएको बेला उनकी श्रीमतीलाई प्रहरीले प्रकाउ गरेको थियो । आफ्नी श्रीमतीलाई पक्राउ गरेको अत्तोपत्तो नपाएका केसी साँझ होटेलमा आएर एक्लै बसेका थिए।

घटना रहस्यमय ! आत्महत्या की हत्या ?

शुक्रबार दिउसो केसी बाहिर गएकाे बेलासँगै बस्दै आएकी श्रीमतीलाई प्रहरी प्रभाग बसपार्कले पक्राउ गरेपछि उनले आत्महत्या गरे बताईए पनि उनको हत्या भएको हो या आत्माहत्या नै हो भन्ने बारेमा अझै केही खुल्न सकेको छैन।

श्रीमतीलाई प्रहरीले गैरकानुनी रुपमा थुनामा राखेपछि उनले आत्महत्या गरेका हुन् वा उनको हत्या गरि झुण्ड्याएको हो भन्ने एकिन हुन् नसकेको एक स्थानीयले बताए । उनले आफ्नो नाम नबताउने सर्तमा भने- ‘उनको हत्या भएको पनि हुनसक्छ ।’

लेनदेनको केशमा प्रहरीको अनावश्यक हस्तक्षेप

लामो समय विवादास्पद बन्दै गइरहेको प्रहरी प्रभाग बसपार्क यो घटनामा पनि विवादास्पद नै बनेको छ । यस्तो सामान्य लेनदेनको केशमा प्रहरीले कुनै पनि नागरिकलाई थुनामा राख्न पाउदैन।

विदेशबाट नेपाल फर्केर श्रीमतीसंगै बस्दै आएका केसी होटेलमा मृत अबस्थामा भेटिनु र त्यही दिन उनकी श्रीमतीलाई प्रहरीले हिरासतमा राखिनुले घटना झन् रहस्यमय बन्नु स्वाभाविक छ ।

उनी बाहिर गएकाे बेला श्रीमति गीतालाई प्रहरी प्रभाग नयाँ बसपार्कले गैरकानूनीरुपमा थुनामा राखेको थियाे ।

घटनाबारे प्रहरीले बिस्तृत जानकारी दिन मानेन

यस्तै घटनास्थलमा भएका प्रहरीले समेत उक्त घटनाका बारेमा भएको के हो भन्ने तथ्य दिन सकेको छैन । होटेल शुभकामना गेस्ट हाउस पुगेका प्रहरी सइ गोबिन्द पोखरेलसँग सम्पर्क गर्दा उनले यो घटनाका बारेमा आफुलाई पनि बिस्तृत जानकारी नभएको बताएका छन् ।

उनले भने- ‘म पनि पछी पुगेको हो । म भन्दा पहिला बिहानै अर्को टोलीले आएर हेरेका कारण सुरुको अबस्था कस्तो थियो भन्ने मलाइ मलाई पनि थाहा छैन ।’

घटनास्थलमा मुचुल्का उठाइसकिएको र लाशको पोस्टमार्टम गरिने भएको हुँदा यसबारेमा महाराजगन्ज प्रहरीमा बुझ्न भन्दै उनले घटनाको बिस्तृत विवरण अहिले नै दिन नमिल्ने बताएका छन् ।

यस बारेमा हामीले होटल सञ्चालक धनबहादुर राउवसँग बुझ्न खोज्दा उनको मोबाइल नम्बरमा सम्पर्क हुन् सकेन । उनको मोवाइलको स्विच बिहानैदेखि अफ छ । इमान्दार मिडियाबाट

Loading...