कांग्रेसलार्इ हराएर जनताले नेपाल आमामाथि नै अन्याय गरेको कांग्रेस नेता खतिवडाको आरोप

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले चुनाव हारेपछि मतदातामाथि अाराेप लगाएका छन् । उनले नेपाली जनताले अाफ्नै अामामाथि अन्याय गरेकाे अाराेप लगाएका हुन् । अाफूहरुलार्इ पराजित गरेर मतदाताले अाफूहरुमाथि ठूलाे अन्याय गरेकाे बताउँद याे अन्याय नेपाली अामामाथि नै गरिएकाे अन्याय भएकाे दावी गरेका छन् ।

खतिवडा अाेखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए । उनलार्इ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका यज्ञराज सुनुवारले पराजित गरेका हुन् ।

पराजित भएपछि सामाजिक सञ्जालमा टिप्पणी लेख्दै खतिवडाले मतदातासँग नेपाली कांग्रेसले संविधान बनाएकाे भन्दै संविधान बनाउने पार्टीलार्इ नै पराजित गर्नु अन्याय भएकाे बताएका छन् । साथै संविधान बनाउँदा मुकदर्शक भएर बस्ने पार्टीलार्इ जिताइएकाे अाराेप पनि उनले लगाएका छन ।

उनले भनेका छन्, “हिजो सदनमा संविधान बनाउने पाटीलाइ हराउने र मुकदर्शक भएर बस्ने पार्टीलाई जिताएर नेपाल आमामाथी जन्ताले अन्याय गरेको म दुःख प्रकट गर्द छु ।”

खतिवडाले अाफूले हार्नुकाे एक कारण अाफू जिल्ला नबस्नु भएकाे स्वीकार पनि गरेका छन् । उनले अब भने अाफू जिल्लामै रहने पनि घाेषणा गरेका छन् । उनले अाफ्नाे हार स्वीकार गर्दै हार र जित लाेकतन्त्रमा भइरहने बताएका छन् । उनले भनेेका छन्, ‘लोकतन्त्रको निर्वाचन प्रणालीमा हार जित हुन्छ यो हार स्वीकार गर्दछु तर ओखलढुंगालाई हार्न दिन्न ।”

Loading...