गोरखामा निरन्तर अग्रता लिँदै बाबुराम, नारायणकाजी निरास

गाेरखा, २३ मंसिर । देशभर वामगठबन्धनले ध्यान तानिरहँदा गाेरखामा भने नयाँ शक्तिले ध्यान तानेकाे छ । धेरैकाे अनुमान विपरित नयाँ शक्तिका संयाेजक समेत रहेका बाबुराम भट्टरार्इ गाेरखा क्षेत्र नं. २ मा एक्लै अगाडि बढिरहेका छन् । नयाँ शक्तिकाे देशभर कतै अग्रता छैन र मत पनि धेरै अाएकाे छैन । तर गाेरखा २ मा बाबुरामले वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका उपाध्यक्ष समेत भइसकेका नारायणकाजी श्रेष्ठलार्इ पछाडि पार्दै निरन्तर अगाडि बढिरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बाबुरामले नारायणकाजीमाथि ३६ सय मतले अग्रता कायम गरेका छन् । अहिले डा. भट्टरार्इले २३ हजार १ सय १७ मत प्राप्त गरेका छन भने श्रेष्ठले १९ हजार ४ सय ७५ मत पाएका छन् । गाेरखा २ मा अहिलेसम्म ४५ हजार १ सय ७३ मत गणना भइसकेकाे छ । अब करिव १५ हजार मत गणना गर्न बाँकी रहेको बताइएकाे छ ।

Loading...