प्रचण्ड पराजित गरेका केसीले काठमाडौं १० मा वाम गठबन्धनलार्इ पनि हराए

काठमाडौं, २३ मंसिर । काठमाडाै निर्वाचन क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजन केसीले जित हासिल गरेका छन् । दाेस्राे संविधान सभामा नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ पराजित गरेका केसीले यसपटक पनि वाम गठबन्धन नै बनाएर उम्मेदवार बनेका माकेका नेता हितमान शाक्यलार्इ पराजित गरेका छन । केसीले शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका छन् ।

प्रचण्डलाई हराएसँगै राजनीतिको केन्द्र भागमा अाएका केसीले २४ हजार १ सय ९० मत ल्याएर जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माकेका हितमान शाक्यले २१ हजार ९ सय ७ मत प्राप्त गरेका छन् । दाेस्राे संविधान सभामा एमाले र माअाेवादी केन्द्र एक्ला एक्लै लड्दा केसीले जितेका थिए । तर यसपटक दुर्इ पार्टी मिलेर लडेकाे र शाक्य नेवार समुदायकै भएका कारण उनले जित्ने अनुमान गरिएकाे थियाे । तर, त्याे अनुमानलार्इ फेल खुवाउँदै केसीले वामगठबन्धनलार्इ नै चक्मा दिन सफल भए । शाक्य केही समय पहिले मात्र वैद्य माओवादी छाेडेर माअाेवादी केन्द्रमा प्रवेश गरेका थिए ।

याेसँगै कांग्रेसले काठमाडाैंमा तीन सिटमा जित हासिल गरेकाे छ । यसअघि काठमाडाैं १ मा प्रकाशमान सिंह र काठमाडाैं ४ मा गगन थापाले जितिसकेका छन् ।

Loading...