रविन्द्र मिश्र पराजित, विवेकशील साझालार्इ राष्ट्रिय पार्टी बनाउने सम्भावना तुहियो

काठमाडाैं, २३ मंसिर । निकै चासाेका साथ हेरिएकाे काठमाडाै निर्वाचन क्षेत्र नम्बर १ मा रविन्द्र मिश्र पराजित भएका छन् । विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्रलार्इ नेपाली कांग्रेसका प्रकाशमान सिंहले पराजित गरेका हुन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले मिश्रलार्इ ७ सय १९ मतकाे अन्तरले मात्र पराजित गरेका छन् । सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार २ सय १८ मत पाएका छन् । मिश्रलार्इ सुरुदेखि नै सिंहले पछाडि पार्दै गएका थिए । सिंहकाे याे लगातार तेस्राे जित हाे । उनी २०६४ सालमा भएकाे संविधानसभाकाे पहिलाे निर्वाचन र त्यसपछि भएकाे दाेस्राे संविधानसभाकाे निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए ।

विवेकशील साझा पार्टीबाट एकमात्र जित्ने सम्भावित नेताका रुपमा मानिएका मिश्र पराजित भएसँगै साे पार्टीकाे यसपटक राष्ट्रिय पार्टी बन्ने सम्भावना पनि कमजाेर बनेकाे छ ।

सिंहकाे याे विजयसँगै नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अाफ्नाे विजयी सुरुवात गरेकाे छ । 

Loading...