चितवनमा प्रचण्डलार्इ पछाडि पार्दै अघि बढे राप्रपाका बिक्रम पाण्डे

काठमाडौं, २२ मंसिर । सुरुवातमा अग्रता लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा पछि परेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलार्इ कांग्रेसकाे समर्थन पाएका राप्रपाका विक्रम पाण्डले पछाडि पारेका हुन् ।

पछिल्लो परिणाामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिककका नेता विक्रम पाण्डेभन्दा १४५ मतले पछि छन् । ८०० मत गन्दा पाण्डेले ४४७ मत पाएका छन् भने प्रचण्डले ३०२ मत पाएका छन् । भरतपुरस्थित चितवन उच्च माविमा मतगणना जारी छ ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ ।

Loading...