चितवनमा प्रचण्डले सुरुदेखि नै लिए अग्रता

चितवन, २२ मंसिर । वामगठबन्धनका प्रमुख नेता तथा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा सुरुदेखि नै अग्रता लिएका छन् । चितवन-३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका प्रचण्डकाे सुरुवातदेखि नै अग्रता अाएपछि वामगठबन्धनका कार्यकर्ताहरु खुसी देखिएका छन् । उनीहरुले याे अग्रता कायमै रहने दावी गरेका छन् ।

मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।

यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।

Loading...