मतदान सम्पन्न गरी फर्कदै गरेका २ प्रहरीसहित ३ काे मृत्यु

मकवानपुर, २२ मंसिर । बिहिबार भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिएका म्यादी प्रहरी जिल्ला सदरमुकाम हेटौंडा फर्कँदै गरेको जीप दुर्घटना भएको छ ।

थाहा नगरपालिकाबाट शुक्रबार बिहान हेटौंडातर्फ आउँदै गरेको जीप भीमफेदी गाउँपालिका–२, चुनियाँमा दुर्घटना हुँदा चालक र दुई म्यादी प्रहरीको मृत्यु भएको प्रहरी चौकी भैंसेले जनाएको छ ।

चालक र म्यादी प्रहरीको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । एकजना म्यादी प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Loading...