वाम गठबन्धनले खोल्यो पहिलो खाता

काठमाडौं, २१ मंसिर । दुर्इ तिहाइ बहुमत ल्याउने घोषणा गरेको नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरु मिलेर बनाइएको वाम गठबन्धनले पहिलो खाता खोलेको छ ।

वाम गठबन्धनले पहिलो खाता मनाङबाट खोलेको हो । मनाङमा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङले विजय हासिल गरेका हुन् । गुरुङले नेपाली कांग्रेसका टेकबहादुर गुरुङलार्इ पराजित गरेका छन् ।

पाल्देनले ९०८ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी टेकबहादुरले ६५९ मत प्राप्त गरेका छन् ।

Loading...