रुकुमका दुबै जिल्लामा वामगठबन्धनकाे एकलाैटी जितकाे दावी

रुकुम, २१ मंसिर । रुकुमका दुबै जिल्लामा मत गणना सुरु भएकाे छ । प्रारम्भिक मतगणनाअनुसार रुकुममा बाम गठबन्धनले एकलाैटी परिणाम अाफ्नाे हातमा पार्ने देखिएकाे छ ।

मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद भुसालका अनुसार तीन गाउँपालिकाका एक-एक वडाका मतपेटिका सँगै राखेर मत गणना भइरहेको छ । अहिले प्रतिनिधि सभाको मतगणना सुरुभएको भुसालले जानकारी दिए ।

यसैगरी पश्चिम रुकुमको पनि मतगणना सुरु भएको बताइएको छ । रुकुम पूर्वमा गरिएकाे मतगणनाकाे प्रारम्भिक मतपरिणाम अनुसार वाम ठबन्धनकी उम्मेदवार कमला राेकाले ५०३ मत प्राप्त गरेकी छन भने कांग्रेसका हरीशंकर घर्तीले २६५ मत प्राप्त गरेका छन् । अहिलेसम्म रुकुम पूर्वमा ११ सय ५९ मत गणना भएकाे छ । त्यसैगरी नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ मत प्राप्त गरेका छन् ।

रुकुम पूर्वमा भने १० गते भएकाे निर्वाचनमा दुर्इ केन्द्रकाे मतदान स्थगित भएकाे थियाे । बाँफिकाेट र अाठबीसकाेट मतदान केन्द्रका दुर्इ ठाउँमा स्थगित भएकाे मतदान अाजै भएकाे छ । ती दुर्इ केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइदै गरेकाे र मतपेटिका ल्याइएपछि मतगणना हुने बताइएकाे छ । 

Loading...