मतदान केन्द्रमा ७ ओटा बम विस्फोट भएपछि भागदौड, हेलिकोप्टरबाट गस्ती जारी

धनकुटा, २१ मंसिर । धनकुटाकाे एक मतदान केन्द्र नजिकै ७ ओटा बम विस्फोट भएका छन् । लगातार वम विष्फाेट भएपछि मतदाताहरुकाे भागदाैड भएकाे छ । 

धनकुटाको थलथले मददान केन्द्रमा यसरी लगातर ७ ओटा बम विस्फोट भएका हुन् । मतदान सुरुभएसँगै अज्ञात समूहले वम विष्फाेट गराएपछि मत हाल्न अाएका मतदाताहरुकाे भागाभाग भएकाे बताइएकाे छ ।

स्थानीय रमेश मगरका अनुसार पहिलो विस्फोट भएको केही समयपछि अर्को विस्फोट हुँदै गएपछि मतदान केन्द्रमा भागदौड मच्चिएको थियो ।

केही समयपछि सेनाले हेलिकोप्टरबाट गस्ती गरेको बताइन्छ । विस्फोटबाट कुनै क्षति नभएको बताइएको छ ।

Loading...