वाम गठबन्धनले बुथ कब्जाकाे प्रयास गरेपछि सल्यानमा तनाव

सल्यान, २१ मंसिर । सल्यानकाे बागचाैरकाे शिशु जागर माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि तनाव उत्पन्न भएकाे छ ।

सल्यानमा माअाेवादी केन्द्र दुर्इ टुक्रामा विभाजित भएर चुनावमा सहभागी भएकाे छ । एउटा समूह वामगठबन्धनमा छ भने अर्काे समूह बागी बनेकाे छ । नेकपा एमाले-माओवादी केन्द्रका कार्यकर्ताले मतदान सुरुभएसँगै बुथ कब्जाको प्रयास गरेपछि अन्यले प्रतिवाद गरेका थिए । सल्यान प्रदेस सभा (क) अन्तरगतको उक्त मतदान केन्द्रमा मतदान सुरुसँगै एमाले र प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर बस्नेत पक्षले बुथ कब्जा गर्न खोजेको बागी बनेकाे माओवादी केन्द्र सल्यानले बताएको छ ।

बागचौर नगरपालिकामा बुधबार साँझ भएको बम विस्फोटलाई लिएर बस्नेत र माओवादी केन्द्र सल्यानका कार्यकर्ताबीच झडप भएको थियो । नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बागी उम्मेदवार भीम प्रकाश शर्मा समर्थकले बम विस्फोट गराएको आरोप लगाउँदै प्रहरीलाई खबर गरेपछि विवाद सुरु भएको थियो ।

मेयर बुढाथोकीले बाहिरबाट गुण्डाहरु ल्याएर आफूहरुमाथि आक्रमण गर्न लगाएको बागी उम्मेदवार शर्मा पक्षधर नेताहरुले बताएका छन् । मेयरकै नेतृत्वमा शर्माको घरमा ढुंगामुडा समेत गरिएको बताइएको छ । प्रहरी प्रशासनले पनि उनीहरुका सबै गतिविधिलाई छुट दिएको शर्मा पक्ष नेताहरुको छ ।

Loading...