टिभी लाइभ दिएर भोट नहाल्न आह्वान गरिरहेका बेला सिके राउत गिरफ्तार

धनुषा, २१ मंसिर । मधेशी जनतालार्इ भाेट नहाल्न अाह्वान गर्दै अाएका सिके राउत पुन: गिरफ्तार परेका छन् । उनलार्इ अाज बिहान १० बजे प्रहरीले धनुषाकाे सदरमुकाम जनकपुरस्थित उनकै काेठाबाट गिरफ्तार गरेकाे हाे ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका राउतले अाज बिहानैदेखि स्थानीय टेलिभिजनबाट लाइभ दिएर जनतालार्इ मत नहाल्न अाह्वान गरिरहेका थिए । प्रहरीले उनलार्इ लाइभ दिइरहेकै बेला समातेकाे जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी चक्रबहादुर सिंहले उनलार्इ पक्राउ गरिएकाे जानकारी दिएका छन् ।

उनले स्थानीय टेलभिजनमा समेत प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै अाएका थिए । राउतको स्थायी घर सप्तरी भए पनि उनी जनकपुर बस्दै आएका छन्। उनको गाउँमा अहिलेसम्म कुनै मत नखसेको बताइएको छ।

Loading...