कांग्रेस कार्यकर्ताकाे खुकुरी प्रहारबाट राजधानीमै माओवादी केन्द्रका कार्यकर्ता गम्भीर घाइते

काठमाडौँ, २१ मंसिर । दोश्रो चरणको प्रदेश सभा प्रतिनिधि सभाको चुनाबको ठिक एकदिन अघि कांग्रेसका कर्येकर्ताले बामगठबन्धनमा सहभागी नेकपा माओबादी केन्द्रका कार्यकर्ता माथि खुकुरी प्रहार गरेका छन् । 

काठमाडौँ क्षेत्र न. १० अन्तर्गत छैमलेमा माओबादी केन्द्रका कार्येकर्ता बिष्णु तामाङ माथि राति ९ बजे एक्कासी कांग्रेसका कर्यकर्ताकाे एक समूहले अन्दाधुन्ध खुकुरी प्रहार गरेको हाे । साेही क्षेत्रबाट प्रदेश सभाका लागि समानुपातिक उमेद्वार बनेका संजिल लामाले घाइते तामाङको फर्पिङ स्थित अस्पतालमा उपचार हुँदै गरेकाे जानकारी दिएका छन ।  

Loading...