सुर्खेतमा मतदान केन्द्र प्रमुखसहित २१ जना कर्मचारी कब्जामा

सुर्खेत, २० मंसिर । सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरिमावि तरङ्गा मतदान केन्द्रका प्रमुखसहित २१ जनाको टोली स्थानीयवासीले कब्जामा लिएका छन् ।

मंगलबार राति ११ बजेतिर स्थानीयले मतपेटिका कब्जा गर्ने क्रममा अधिकृतलगायतको टोलीलाई पनि स्थानीयले कब्जामा लिएका हुन् ।

मतदान केन्द्रको सुरक्षार्थ खटिएका १६ जना प्रहरीलाई स्कुलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट ताला लगाईदिएका थिए भने अधिकृतसहित ५ जनाको सरकारी टोलीलाई आफ्नो नियन्त्रणमा लिएका त्यहाँबाट स्थानीय बिकास बिकले बताएका छन् ।

मतपेटिका कब्जा गरेर जलाईसकेपछि नियन्त्रणमा लिइएका अधिकृतसहितको टोली र प्रहरीहरुलाई स्थानीयवासीले छोडिदिएका बीकले इमान्दार मिडियालार्इ जानकारी दिएका छन् ।

त्यसपछि अधिकृतसहितको टोली राति नै भेरिमावि तरङ्गा मतदान केन्द्र छोडेर भागेको बताईएको छ । ३ मतपेटिका जलेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार ब्यापकरुपमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरेकाे छ ।

Loading...