कांग्रेस नेता निधिको आक्रमणमा परी राजपा नेता महतोको टाउको फुट्यो

धनुषा, २० मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोमाथि आक्रमण भएको छ । मंगलबार जनकपुरमा भएकाे अाक्रमणबाट उनकाे टाउकाेमा चाेट लागेकाे छ ।

धनुषा-३ बाट उम्मेदवार रहेका महतोमाथि भएकाे अाक्रमणमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकाे हात रहेकाे बताइएकाे छ । राजपा नेता महताेले अाफूमाथि निधिले अाक्रमण गरेकाे अाराेप लगाएका छन् । निधि पनि साेही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन अायाेगले जारी गरेकाे अाचारसंहिता अनुसार माैन अवधि सुरु भएका बेला नै महताेमाथि अाक्रमण भएकाे हाे । महताेका पक्षधरहरुले जनकपुरमा कांग्रेसकाे हार हुने निश्चित भएकाे र धनुषा ३ बाट निधिले हार्ने पक्कापक्की भएपछि निधि यसरी अाक्रमणमा उत्रिएकाे अाराेप लगाएका छन् ।

Loading...