माओवादी नेता खगराज भट्ट चढेको गाडी डडेल्धुरामा एम्बुसमा पर्यो

डडेल्धुरा, १८ मंसिर । नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट चढेको गाडी एम्बुसमा परेको छ । सोमबार साँझ ८:३० बजे डडेलधुराको आलिताल गाउँपालिकास्थित मौरीखोलामा भट्ट सवार गाडी अज्ञात समूहले बिछ्याएको एम्बुसमा परेको हो ।

एम्बुसमा परेका नेता भट्ट भने सकुशल रहेको बताइएकाे छ । एम्बुसमा परेकाे गाडीमा भने क्षति पुगेको छ । घटनाबारे थप विवरण आउन बाकी छ ।

वाम गठबन्धनका तर्फबाट उम्मेदावारी दिएका भट्ट प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै छन् । भट्ट यस अघि पहिलो र दोस्रो संविधानसभा चुनावमा पनि शेरबहादुर देउवासँगै चुनाव लडेका थिए । यसअघि कांग्रेस सोमबार नै कंचनपुरको बेदकोट नगरपालिकास्थित गैलनदिमा कांग्रेस नेता रमेश लेखकको घरमा बम बिस्फोट भएको थियो ।

Loading...