कांग्रेस महामन्त्री शशांक कोइरालाको कारमा आगजनी

नवलपरासी, १८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक काेइरालाकाे गाडीमा अज्ञात समूहले अागजनी गरेकाे छ । नयाँ संघीय संरचना अनुसार नवलपरासी जिल्ला टुक्रयार बनाइएकाे नवलपुरबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका नेता काेइरालाकाे गाडीमा जिल्लाकाे देवचुली भन्ने ठाउँमा अागजनी भएकाे हाे ।

कोइरालाले उक्त गाडी अाफ्नाे प्रचारप्रसारमा प्रयोग गरेका थिए । त्याे गाडी शशांंक अाफ्नै नभइ उनले स्थानीय लालकुमार श्रेष्ठबाट लिएर प्रचारमा लगाएकाे बुझिएकाे छ । उनको कारमा गएराती आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले घरमा पार्किङ गरिएको अवस्थामा कारमा आगजनी भएको जनाएको छ । आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

Loading...