कक्षा ११ को आंशिक तर्फको परीक्षाफल सार्वजनिक

भक्तपुर, १८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा आज बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतिर्ण भएका परीक्षार्थीलाई यो मौका दिइएको थियो । जसअनुसार गत जेठमा त्यस्ता विद्यार्थीले मौका परीक्षा नियमित तर्फका परीक्षार्थीसँगै दिएका थिए ।

प्रकाशित नतिजा अनुसार परीक्षा दिएका मध्ये ३६ हजार ७४ जना परीक्षार्थी उत्तिर्ण भएका छन । यो परीक्षा दिएका परीक्षार्थीको कूल सख्याको ३५.५८ प्रतिशत हो । बोर्डले जेठमा लिएको परीक्षामा १ लाख १ हजार ३ सय ७५ परीक्षार्थीले परीक्षा दिएका थिए ।

परीक्षामा सहभागी भएका मध्ये २१ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । यो नतिजा वोर्डको वेवसाइट www.neb.gov.np,  शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np, नेपाल टेलिकमको वेवसाइट www.neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यसैगरी बोर्डले नियमित तर्फका परीक्षार्थीको परीक्षाफल पनि छिट्टै प्रकाशित गरिने जानकारी दिएको छ । सो परीक्षाको नतिजा प्रकाशनको काम तीब्र रुपमा चलिरहेको छ । यसपटकदेखि कक्षा ११ को नतिजा लेटर ग्रेडिङ सिस्टममा प्रकाशन गर्ने तयारी बोर्डले गरेको छ ।

Loading...