चुनावको बीचैमा कांग्रेस गठबन्धनबाट अलग्गिए बाबुराम भट्टराई

काठमाडौँ, १८ मंसिर । अाफ्नाे क्षेत्रकाे निर्वाचन सकिए लगत्तै नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई काँग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धनबाट अलग भएका छन् । उनले यही १४ मंसिरमा अाफ्नै ह्यान्डराइटिङमा लिखित एक विज्ञप्ती सार्वजनिक गरी गठबन्धनबाट बाहिरिएकाे छनक दिएका हुन् ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका भट्टराईले पहिलो चरणको निर्वाचन सकिएपछि गठबन्धनबाट अगल भएका हुन् । सुरुमा वाम गठबन्धनमा सहभागी हुन गएका भट्टरार्इ मागेकाे जति सिट नपाएपछि त्यसबाट अलग्गिएका थिए । वाम गठबन्धनकाे घाेषणा सभामै भाषण समेत गरिसकेका बाबुराम एमाले र माअाेवादी केन्द्रसँग १५ सिट दावी गरेकाे तर दुर्इ दलले पाँच सिट पनि दिन नमानेकाे भन्दै वाम गठबन्धनबाट अलग्गिएका थिए ।

अहिलेे बाबुरामले अाफ्नाे विज्ञप्तीमा नयाँ शक्तिका लागि मात्र मत मागेका छन् । उनले अाफ्नाे पार्टी नयाँ शक्तिलार्इ राष्ट्रिय पार्टी बनाउन अपील गरेका छन् । साथै अाफ्नाे पार्टीलार्इ वैकल्पिक शक्तिका रुपमा संसदमा पुर्याइदिन पनि अाग्रह गरेका छन् । 

गोरखा २ बाट उम्मेदवार बनेका भट्टराई दोस्रो चरणको निर्वाचन आउन २ दिन बाकी रहँदा छि आफू लोकतान्त्रिक गठबन्धनबाट अलग भएको आसयको पत्र मतदातामाझ पुर्याएका छन् ।

भट्टराईले १४ मंसिरमा लेखेको पत्रमा भनिएको छ, ‘परम्परागत ‘साम्यवादी र पुँजीवादी धारलाई चुनौति दिन संसदभित्र वाम–लोकतान्त्रिक शक्तिहरुको एक तेस्रो धारको उपस्थिति आजको ऐतिहासिक आवस्यकता हो।’ यसको मतलव बाबुराम लोकतान्त्रिक गठबन्धन छाडेर तेस्रो धार निर्माणमा लागेका छन् । किनकि पहिलो र दोस्रो धार भनेका वाम र लोकतान्त्रिक गठबन्धन हुन् ।

यस्ताे छ बाबुरामकाे हस्तलिखित विज्ञप्ती

Loading...