रजनीकान्तकाे नयाँ फिल्म २.० अप्रिलमा प्रदर्शन गर्ने तयारी

बलिउडका चर्चित स्टार अभिनेता रजनिकान्तकाे अर्काे नयाँ चलचित्र छिट्टै पदर्शनमा अाउने भएकाे छ । रजनिकान्तको नयाँ फिल्म प्रदर्शन मिति तय भएसँगै यसका बारेमा विभिन्न चर्चा चल्न थालेका छ्न । वलिउड फिल्मका समीक्षक तरण आदर्शले रजनीकान्तकाे फिल्म २.० काे रिलिज मिति तय भएकाे अाफ्नाे ट्वीटरमा सार्जजनिक गरेका हुन् ।

रजनीकान्तले अाफ्नाे फिल्म ‘२.०’ आउँदो अप्रिल २७ मा प्रदर्शन हुने जनाएका छन् । चलचित्रकाे रिलिज डेटकाे टार्गेट फिक्स भएकाे बनाउँदै उक्त फिल्मकाे युनिटले यसकाे प्रमाेशनका कार्य पनि अगाडि बढाएकाे छ ।

फिल्ममा रजनिकान्तसँगै अक्षय कुमार र यामी जियाकसनको पनि मुख्य अभिनय रहेको छ। साइन्स फिक्सन जनराको फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन्। फिल्मको कथा र पटकथा शंकर स्वयंम र बि जेयामोहनले लेखेका हुन्। २.० सिधैं थ्रीडीमा सुट गरिएको पहिलो फिल्म बतइएको छ।

फिल्म सन् २०१० को तामिल फिल्म ‘एन्थिरन’को सिक्वेल हो। फिल्म तामिल र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा अाउने बताइएकाे छ।

Loading...