घरमै वम विष्फाेट भएपछि रक्षामन्त्री त्रसित हुँदै सेनाकाे गाडीभित्र पसे

काठमाडौं, १७ मंसिर । रक्षामन्त्री भीमसेन दास प्रधानको घरमा बम विस्फोट भएको छ । अाइतबार विहान काठमाडौंको ठमेल ज्याठास्थित घर बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

नेपाली काँग्रेसका नेता समेत रहेका प्रधानको घरमा अज्ञात समूहले गराएको विस्फोटको ठूलो अावाज अाएसँगै अासपासमा भागदौड मच्चिएको थियाे । वम विष्फाेटकाे खबर अाए लगत्तै नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रेसर कुकर बम विस्फोट गराएको भए पनि कसले र किन गरेको भन्‍ने खुलेको छैन ।

आफ्नै घरमा बम भेटिएपछि रक्षामन्त्री भीमसेन दास प्रधान त्रसित बनेका थिए । ज्याठास्थित घरमा बम भेटिएपछि उनी अाफै अातंकित बनेर सेनाकाे गाडीबाट घरतर्फ चियाउँदै गरेकाे तस्वीर भाइरल बनेको छ । तस्वीरमा प्रधान गाडीभित्र सेनाको घेराबन्दी छन् । उनी सेनाकै गाडीबाट टाउको तन्काएर हेर्दै गरेको देखिन्छ । नेपाली सेनाको गाडी डिस्पोजल टोली बोक्ने गाडीभित्र मन्त्री प्रधान चढेका छन ।

यसअघि शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाकाे घरनजिकै बम विस्फाेट भएकाे थियाे ।

Loading...