पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी कर्मचारी दिपिका गिरफ्तार

काठमाडाैं, १६ मंसिर । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीअार्इबी)ले पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी एक महिला कर्मचारीलार्इ गिरफ‍्तार गरेकाे छ ।

कृषि विकास बैंक न्यूरोड शाखामा कार्यरत दिपिका रेग्मीलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनीसँगै अन्य ३ जना व्यक्ति पनि पक्राउ परेका छन् । दिपिकासँगै पक्राउ पर्नेमा बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा रहेका छन् । उनीहरुले बैंककाे झण्डै ५ करोड रकम हिनामाना गरेको अाराेप लागेकाे छ ।

बैंककाे रकम हिनामिनामा दिपिकाकाे मुख्य सम्लग्नता रहेकाे सीआईबीले जनाएकाे छ । उनले कृषि विकास बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार सहायक टेलर रेग्मीले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ (ईसीसी) मार्फत सम्वन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यही चेक पुनः प्रयोग गरेको र बैंकमा रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गरेको खुल्न आएको छ । यसरी जम्मा भएको रकम उनले सुनचाँँदी लगायतका सामाग्री खरिदमा प्रयोग गरेको भेटिएको छ ।

केही रकम भने प्रकाश घतानीको खातामा जम्मा भएको खुलेको छ । घतानीले त्यसबापत उनले भने दिपिकालाई सुनका गरगहना दिने गरेको अनुसन्धानबाट खुलेको बताइएकाे छ । पक्राउ परेका रमेशकुमारले दिपिकालार्इ सहयोगीकाे रुपमा काम गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले उनीहरु तीनै जनामाथि बैंकिङ कसुरमा अनुसन्धान थालेको छ । उच्च अदालत पाटनबाट ५ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान गरिररहेकाे प्रहरीले जनाएकाे छ ।

Loading...