राजधानीको युएन पार्क नजिक ठूलो आवाजका साथ वम विष्फोट

काठमाडाैं, १५ मंसिर । ललितपुरको कुपन्डोल र काठमाडौंको बुद्धनगरका बीचमा रहेकाे युएन पार्क नजिक बम विस्फोट भएको छ । शु्क्रबार साँझ करिब ६ः३० बजेतिर ठूलाे अावाजका साथ वम विष्फाेट भएकाे स्थानीयले जनाएका छन् ।

यूएन पार्क नजिक भएकाे उक्त वम विष्फाेटबाट कुनै मानवीय क्षति नभएकाे प्रहरीले जानकारी दिएको छ ।

वम विष्फाेटकाे अावाज अाए लगत्तै त्यस क्षेत्रमा तत्काल प्रहरी पुगेकाे थियाे । प्रहरीले घटनाबारे अनुसन्धानका लागि टोली परिचालन भइसकेको जनाइएको छ । दिउँसो मात्रै प्रहरीले काठमाडौं अाउँदै गरेका भारतीय नागरिकको साथबाट बम फेला पारेको थियो

Loading...