गच्छेदार पत्नी प्रमुख अतिथि रहेकाे कार्यक्रमस्थलमै वम विष्फाेट भएपछि भागाभाग

सुनसरी, १४ मंसिर। इटहरी उपमहानगरपालिका भलादमी टाेलमा नेपाली कांग्रेसले अायाेजना गरेकाे कार्यक्रमस्थलमा वम विष्फाेट भएकाे छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा अायाेजित कार्यक्रममा हालै फाेरम लाेकतान्त्रिककाे अध्यक्ष पद समेत छाेडेर नेपाली कांग्रेसमा फर्केका विजय कुमार गच्छेदार पत्नी निर्मला गच्छेदार प्रमुख अतिथिका रुपमा बाेलाइएकी थिइन ।

कार्यक्रम सुरु नहुँदै भएकाे वम विष्फाेटबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा यौवन न्यौपाने, धनबहादुर श्रेष्ठ, सुम्रिन अधिकारी र गिता आचार्य रहेकाे प्रहरीले जनाएको छ ।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको वीपी कोइराला धरानमा उपचारका लागि लगिएको छ भने २ जनाको स्थानीय एपेक्स अस्पतालमा उपचार भइरहेको छ ।

कार्यक्रमस्थलमै बम पडिकएपछि सहभागीहरु आतंकित बन्दै भागेका थिए ।

Loading...