रोल्पाका विभिन्न स्थानमा मतदान केन्द्रनजिक बम विष्फोट

 रोल्पा, ९ मंसिर । रोल्पाका विभिन्न स्थानमा शनिबार साँझ मतदान केन्द्रनजिक बम बिस्फोट भएका छन् ।

रोल्पाको घोडागाउ, सेरम, गौरीगाउँ, तिला र सिमचौरको मतदान केन्द्र नजिक बम बिस्फोट भएको खबर प्राप्त भएको छ । ।

सुनछहरी गाउपालिकाको सेरम मतदान केन्द्र, सुवर्णवती गाउपालिकाको मतदान केन्द्र घोडागाउँ, त्रिवेणी गाउँपालिकाको गौरीगाउँको तिला र सिमचौर मतदान केन्द्रलाई लक्षित गरी बम बिस्फोट भएका छन् ।

भोलि हुने प्रदेश तथा प्रतिनिधि निर्वाचनका लागि मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी त्रसित भएका छन् । आजैदेखि त्यहाँ सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेता पनि बम बिस्फोटका घटना बढिरहेका छन् ।
कडा सुरक्षाको बीच घेरामा रहेको मतदान केन्द्रमा भएको बम बिस्फोटको विस्तृत विवरण आउन बाँकी छ ।

Loading...