स्थानीयको अवरोध खोल्न कालिकोटमा नेपाली सेनाको टोली हेलिकोप्टरबाट गोली प्रहार गर्दै

सेनाले हेलिकोप्टरबाट अन्धाधुन्ध गोली हाल्न थालेपछि स्थानीय घर छोडेर जंगलतिर भाग्दै

कालिकाेट, ९ मंसिर । भोलि हुन् लागेको प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनको सामाग्री लिएर गएको सरकारी टोलिलाई स्थानीयबासिन्दाले लाखेटेपछि कालिकोटको अबस्था तनाबग्रस्त भएको छ ।

कालिकोटको पलाता गाउँपालिका साबिकको (धौलागोह गाविस)को डाफे मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन सामाग्रीसहितको सरकारी टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेका हुन्।

गएको स्थानीय तह निर्वाचनमा मालकोटका जनताले पुरै बुथ कब्जा गरेर मतपेटिका जलाउँदा भएको दोहोरो भिडन्तमा परी एक जनाको ज्यान जानुका साथै दर्जन बढी घाइते भएको कालिकोटमा फेरी तनाब सिर्जना भएको छ ।

जनताले मतदान केन्द्रमा जाँदै गरेको टोलीलाई लखेटेको खबर पाउनासाथ सदरमुकाम मान्म खाँडाचक्रबाट गएको सेनाको हेलिकप्टरले अहिले पलातामा ब्यापक गोली बारी गरिरहेको छ ।

सेनाको गोली प्रहारका कारण स्थानीय घरबाहिर निस्किन सकेका छैनन् भने केही स्थानीय सेनाले हत्या गर्ने डरले जंगलतिर लागेको संवाददाता सजनी बमले जानकारी दिएकी छन् ।

हवाई गस्ती गर्दै सेनाको हेलिकप्टरले अहिलेसम्म २ दर्जन भन्दा बढी गोली प्रहार गरेको र निर्वाचन सामाग्री लिएर गएको टोली भागेर सदरमुकामतिर गएको बुझिएको छ ।

 

Loading...