आइसिसी महिला टी–२० विश्वकपमा मलेसियालार्इ पराजित गर्दै नेपालकाे पहिलाे जित

काठमाडाैं, ८ मंसिर । नेदरल्याण्डमा आगामी जुनमा हुने ग्लोबल क्वालिफयर्सका लागि भएकाे छनाैट खेलमा नेपालले पहिलाे जित हासिल गरेकाे छ । नेपालले मलेसियालार्इ पराजित गर्दै महिला टी–ट्वान्टी विश्वकपमा चाैथाे स्थानमा उभिन सफल भएकाे छ । आइसिसी महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मलेसियालाई नेपालले ३३ रनले पराजित गरेकाे हाे ।

सुरुमा नेपालले ब्याटिङ गरेकाे खेलमा मलेसिया ७५ रनमा सीमित भएकाे थियाे । नेपालले मलेसियालार्इ १ सय ९ रनको चुनाैती दिएकाे थियाे । उक्त लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटियाे ।

साे क्रममा मलेसियाकी इम्याइलिया इलियानीले सर्बाधिक २४ रन जोडिन् । त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन् । नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनरद्धय ओपनरद्वय सिता राना मगर र ज्योति पाण्डेको अर्धशतकिय साझेदारीको मदतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ बनाएको थियो।

१२.२ ओभरमा मस एलिसाले सरितालाई ३७ रनमा रनआउट पार्नुअघि यो जोडीले ६६ रनको साझेदारी गरेको थियो। त्यसबाहेक नेपालका लागि ज्योति पाण्डेले २१, काजोल श्रेष्ठले १४ रन जोडिन् । मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिईन।

राउण्ड रोबिन आधारमा खेलाइएको प्रतियोगितामा नेपालको यो चौथो खेलमा पहिलो जित हो। यसअघि सुरुवाती दुई खेल वर्षाले प्रभावित भएपछि नेपाल आयोजक थाइल्याण्ड र हङकङसँग अंक बाड्न बाध्य भएको थियो।

यसअघि विहीबार भएको खेलमा नेपाल युइईसँग ५ रनले पराजित भएकाे थियाे । खेलमा ६ वटा टोली सहभागी भएका छन् । तेस्रो स्थानको युएइको पनि समान ४ अंक भएपनि रनरेटका अाधारमा उ नेपाल भन्दा अघि छ। अ‌ंकतालिकाको पहिलो स्थानमा थाइल्याण्ड (७) र दास्रो स्थानमा हङकङ (५) रहेका छन्। नेपालले आइतबार अन्तिम खेल चीनसँग खेल्नेछ ।

Loading...