काँग्रेसको एजेन्ट बस्न गएका कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपिट

डोल्पा, ७ मंसिर । चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ ।

डोल्पामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा २ समूहबीच कुटाकुट भएको हो ।

होटेलमासँगै खाना खाने क्रममा सुरु भएको झडपले कुटाकुटको स्थिति निम्त्याएपछि ठूलीभेरी नगरपालिका-८ का जीवन भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते भण्डारीको जिल्ला अस्पतालमा उपचारका लागि पठाएको छ ।

नेपाली काँग्रेस डोल्पाका सभापति अंगत बुढले उपल्लो डोल्पाका मतदान केन्द्रमा बस्ने एजेन्टहरुको पत्र लिएर गएका कार्यकर्तालाई एमाले कार्यकर्ताले कुटपिट गरेको बताए । एमाले कार्यकर्ताहरुले आफ्ना कार्यकर्ताहरुलाई हत्याको उद्देश्यले अाफ्ना स्थानीय नेता-कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपीट गरिएको बुढाले बताए ।

एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुले काँग्रेस कार्यकर्ताहरु सूर्य टमाटा, राणाजी बुढा, हिराचन भण्डारीलाई रातभरी रुखमा बाँधेर पिटेको काँग्रेसले बताएको छ । अाफ्ना कार्यकर्ताको हत्या गर्ने उद्देश्यले रातभर पिटेको भन्दै काँग्रेसले शान्ति सुरक्षा नभए चुनावमा सहभागी नहुने घोषणा गरेको छ ।

एमाले र माओवादी कार्यकर्ताहरुले उपल्लो डोल्पाका सबै बुथ कब्जा गर्ने उद्देश्यले अाफ्ना एजेन्टलाई कुटपिट गरेको काँग्रेस सभापति बुढाले बताए ।

Loading...