क्यूबा र उत्तर काेरिया मिलेर अमेरिकासँग लड्ने

काठमाडौं, ७ मंसिर । उत्तर कोरिया र क्युबाले अापसमा सहकार्य गरेर अगाडि बढ्‍ने बताएका छन् । अमेरिका विरोधी दुबै देशहरु पछिल्ला विकसित परिस्थितिजन्य विषयसँग मिलेर अमेरिकाकाे मुकाबिला गर्ने भएका हुन् । क्युबाको राजधानी हवानामा दुई देशबीच सो सहमति बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

क्यूबा भ्रमणमा रहेको उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली विदेशमन्त्रीबीच सो सहमति भएको बताइएकाे छ । सहमतिपछि दुबै परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेर संयुक्त विज्ञप्ति समेत निकालेका छन् ।

क्यूबासँग बाराक ओबामाले विस्तार गरेको सम्बन्ध अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प अाएसँगै बिग्रेको थियो भने उत्तर कोरियाविरुद्ध अाफूले सक्ने सबै शक्ति लगाएका छन् । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युबामा रहेको अमेरिकी दूतावासबाट आफ्ना आधा जति कर्मचारी फिर्ता बोलाएको थियाे ।

अमेरिकी रबैयाको प्रतिवाद गर्दै अाएका यी दुई देशबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना थियो । उत्तर कोरिया र क्युबाले संयुक्त रुपमा परिस्थितिको सामना गर्ने घोषणासँगै अमेरिकी राष्ट्रपति ट्रम्प तनावमा रहेको बताइएको छ ।

Loading...