मुटुरोग विशेषज्ञ डा. रेग्मी भन्छन, प्रकाशको मृत्यु हर्ट अट्याकले भयो भन्नु अपरिपक्वता

काठमाडौं, ५ मंसिर । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले प्रकाश दाहालको मृत्यु ‘हर्ट अट्याक’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको बताएका छन्। डा. रेग्मीले पोष्टमार्टम नगरेर प्रकाशको मृत्यु हर्ट अट्‍याकबाट भए भन्‍न नमिल्ने बताए ।

प्रकाशको शवको पोस्टमार्टम नगरेका कारण उनको मृत्युको कारण पत्ता लाग्न बाटो सदाको लागि अन्त्य भएको समेत डा. रेग्मीको भनाइ छ । उनले हृदय गति रोकिएर नै सबैको मृत्यु हुने भएपनि त्यसको कारण हुने बताउँदै डा. रेग्मीले प्रकाशको मृत्युको कारण नै पत्ता नलाइ अन्त्यष्टि गरिएको दाबी गरे ।

‘हृदय गति रोकिनुको थुप्रै कारणमध्ये एक हर्ट अट्याक पनि हुनसक्छ, तर पोष्टमोर्टम नगरीकनै हर्ट अट्याकबाटै मृत्यु भएको हो भनिनु अपरिपक्वता हो’ डा.रेग्मीको भनाइ छ ।

गंगालाल अस्पतालमै पनि दैनिकजसो औसत चार जना मुटु रोगका बिरामी पचास वर्षभन्दा मुनिका आउने गरेको बताउँदै डा. भन्छन्, ‘हार्ट अट्याक त्यत्तिकै हुँदैन,पहिले त त्यसका पूर्वाधारहरू शरिरमा देखिनु पर्छ।’ उनले अत्यधिक रक्सी सेवन, अचानक रक्तचाप बढेर ठूलो मष्तिष्कघातका कारण पनि हर्ट अट्‍याक हुने बताए ।

मानिसहरुले ‘हार्ट अट्याक’भन्नु सजिलो हुने भएकाले जसले पनि यो शब्दको प्रयोगले मृत्युको कारण सजिलै छोपिने डा.रेग्मीको तर्क छ । ‘यति तन्नेरी मान्छे यसरी किन मृत्यु भयो भनेर मेडिकल साइन्सले पनि थाहा पाउनु पर्ने कुरा थियो, यो केसमा पोस्टमार्टम गराउनै पर्थ्यो’ डा. रेग्मीले भने ।

Loading...