लाङ्टाङमा जापानी पर्यटकको मृत्यु

रसुवा, ३ मंसिर । लाङटाङ क्षेत्रको पदयात्रामा गएका एक जापानी पर्यटकको आज रिम्चे क्षेत्रमा निधन भएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय इवाता ताकासी रहेको र उनी आज बिहान शेर्पागाउँबाट लाङटाङतर्फ जाँदै गर्दा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए ।

उनको शव लिन प्रहरीसहित गएको हेलिकप्टर उक्त गाउँमा समथर भूमि नहुँदा बस्न नसकी फर्किएको र भोलि बिहान शव बोकेर शेर्पागाउँ पु¥याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौँ पठाइने प्रहरीले जनाएको छ ।

Loading...