कीर्तिपुरमा नेवारीमा भाषण गर्दै हितमान शाक्य

काठमाडौँ, २ मंसिर । हितमान शाक्य काठमाडाैंका स्थानीय नेवार हाेइनन तर उनी लामाे समयदेखि काठमाडाैमै बसेर राजनीति गर्दै अाएका छन् । उनकाे विद्यार्थी जीवनदेखि भूमिगत राजनीति पनि काठमाडाैमै बसेर बित्याे । उनी अहिले काठमाडाैं १० बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका शाक्यलार्इ अहिले उनका विपक्षीहरुले टुरिस्ट उम्मेदवार भएकाे अाराेप लगाएका छन् । तर उनी भने अाफू टुरिस्ट उम्मेदवार नभर्इ काठमाडाैकै माटाेमा हुर्के बढेकाे दावी गर्छन । उनी अाफ्नाे उमेरकाे करिव ७५ प्रतिशत समय त्यसमा पनि सक्रिय समय सबै काठमाडाैमै बितेकाे बताउँछन् । 

साझा वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका शाक्य र साेही क्षेत्रकाे प्रदेशसभा (क)मा प्रत्यक्ष उम्मेदवार बनेका दिलिप महर्जन अहिले कीर्तिपुर नगरपालिका वडा नम्बर ७, इटागोल (यतुगः)मा जमेर भाेट मागिरहेका छन् । यस टाेलका स्थानीयले पनि उनीहरुलार्इ साथ दिने बताएका छन् । 

इटागाेलमा यसैबीच एक सभा सम्पन्न भएकाे छ । दिउसाे अरु ठाउँमा भाेट मागेर यी दुर्इ उम्मेदवार साँझपख मात्र यस टाेलमा प्रवेश गरेका हुन् । अाफ्नाे मजबुत अाधार भएकाे टाेल भएकाेले उनीहरुले यसलार्इ प्रमुख किल्ला मानेका छन् । राती साढे सातबजे बोलाइएको कोणसभा साढे आठ बजे सुरु भए पनि चिसो मौसममा वामपन्थी उम्मेदवार शाक्य र महर्जनकाे भाषण रातको दशबजेसम्म सुनेर बसे । 

जब शाक्यले भूमिगत कालमा त्यही ठाउँमा बसेकाे र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अर्थशास्त्रमा एमए गरेकाे सुनाए तब स्थानीय मतदाताले अाफूहरुमा अझै बढी अात्मीयता पैदा भएकाे प्रतिक्रिया दिए । 

कुनै समय काठमाडाैको कीर्तिपुरलाई माओवादीको रोल्पासँग तुलना गरिन्थ्यो । रोल्पाको थवाङको रुपमा इटागोललाई नै मानिन्थ्याे । माओवादी नेता तथा कार्यकर्ताहरुले आफ्नो अति गोप्य कार्यक्रमहरु र गतिविधि यहाँ गर्ने गरेका थिए । यस टोलमा जनयुद्ध शुरु भएपछि वि.सं २०५४ सालमा एकहप्तासम्म भूमिगत रुपमा स्थानीय कार्यकर्ता अर्जुन महर्जनको घरमा माओवादीको केन्द्रीय समितिको बैठकसमेत बसेकाे थियो ।

सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शिर्षस्थ नेताहरुको जमघट भएको थियो । उक्त स्थानमा ती बैठक भएको स्थानीय जनता र विभिन्न राजनीतिक पार्टीका स्थानीय नेता कार्यकर्ताहरुलाई थाहा भए पनि सुरक्षाफौजलाई सुर्इंको समेत दिएको थिएन । जनयुद्ध लडिरहेका नेता कार्यकर्ताको सुरक्षा दिन स्थानीय बासिन्दाले ठूलाे सहयोग गरेका थिए ।

महर्जन कीर्तिपुरकै पाँगाका स्थानीयवासी हुन् । शाक्य पनि कीर्तिपुरको पश्चिमस्थित ऐतिहासिक रुपमा सम्पन्न हुने सातगाउँले गात्रा (बखु मद जात्रा) को मुख्य केन्द्र चन्द्रागिरी नगरपालिकाको तीनथाना नजिक रहेको विष्णुदेवीस्थान (बखु)मा स्थायी रुपमा बसोबास गर्दै अाएका छन् ।

गठबन्धनका उम्मेदवारकाे परिचयात्मक तथा मतदाता भेटघाट कार्यक्रममा वडा नम्बर सातका वडा अध्यक्ष नेकपा (एमाले)का नेता राजकुमार माली, सोही वडाका वडा सदस्य तथा एमाले नेता प्रकाश महर्जन, सोही वडाका वडा सदस्य तथा नेपाली काँग्रेसका स्थानीय नेता राजकुमार महर्जन र सोही वडाका स्थानीयको रुपमा रहनुभएका वडा नम्बर ८ का वडा सदस्य तथा नेकपा (माअ‍ेवादी केन्द्र)का स्थानीय नेता राजेश महर्जनले वधाई दिएका थिए । 

भेलामा स्थानीय गैरनेवार (नेवारी) भाषा बुझ्नेले नेवारीमै बोल्न अनुरोध गरेका थिए । उनले नेवारीमै बोलिरहँदा बाग्लुङको नेवारीभाषाका शब्द आउने भएकाले स्थानीय बृद्धा राममाया महर्जनले हाम्रो भोट तपाईंलाई अवश्य आउँछ, तपार्ईलाई यहाँको भाषा बोल्न गा¥हो छ भन्दै नेपालीमा बोल्न अनुमति दिएका थिए । 

तर शाक्यले अाफू त्यसै ठाउँकाे नागरिक भएकोले स्थानीय भाषा, कला, संस्कृति, रहनसहनमा बस्नुपर्ने बताउँदै नेवारीमै बाेलेका थिए । उनले वाम गठबन्धन किन बन्यो, किन आवश्यक छ, पार्टी एकता, स्थायी सरकार, समृद्ध नेपाल, विकासित क्षेत्र नम्बर १०, आफ्नो योजना मतदाता समक्ष राखेका थिए । 

मतदाताहरु माझ उनले साझा गठबन्धनको घोषणापत्रसँगै आफनो प्रतिबद्धतापत्र पनि पहिलोपटक सार्वजनिक गरे । प्रतिबद्धतापत्रसँगै उनले अाफू त्यही क्षेत्रकाे स्थानीय बासिन्दा भएको बताउँदै अन्यत्र जन्मे पनि त्यही क्षेत्रमा मर्ने भएकाले इटागाेलबासीकाे सुख दुःखमा साथ दिने बताए । 

त्यसैगरी प्रदेश ‘क’ उम्मेदवार दिलिप महर्जनले समग्र कीर्तिपुर, फर्पिङ, चन्द्रागिरीको समस्याको विषयमा समाधान गर्ने विषयमा आफ्नो धारणा राखे । उनले सोही क्षेत्रका बुद्धिजीवी इन्द्रकुमार महर्जनसँग सल्लाह गरेर जनयुद्धको महान् यात्रामा लागेको, स्थानीय नेता अर्जुन महर्जनले खेलेको भूमिकाको साथै उनको स्वास्थ्य लाभको कामना गरे । 

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष राजकुमार मालीले साझा गठबन्धनका उम्मेदवारहरु हितमान शाक्य र दिलिम महर्जनलाई सहयोग गर्न वडावासीलार्इ अाग्रह गरे  । भेलामा स्थानीय बुद्धिजीवी केशबबहादुर नकर्मी, समाजसेवी अर्जुन महर्जन, इन्द्रकुमार महर्जन, साहित्यकार तथा उपन्यासकार सागरमणि थापा, समाजसेवी मचाभाई मालाका लगायतको उपस्थिति रहेको थियो ।

Loading...