जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन

मलेसिया । मलेसियामा रहेका नेपाली थारु समुदाय संगठित भएका छन् । प्रवासी थारु सेवा समाज मलेसियाले क्षेत्रीय समिति पनि गठन गरेकाे छ ।

मलेसियाकाे दाेस्राे ठूलाे प्रान्त जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन गरिएकाे हाे । दिनेश चाैधरीकाे अध्यक्षतामा २३ सदस्यीय क्षेत्रीय समिति गठन गर्दै समितिलार्इ मलेसियामा राेजगारीकाे शिलशिलामा अाएका थारु युवाहरुकाे सेवामा खट्ने निर्णय गरेकाे हाे । थारु सेवा समाजका केन्द्रीय अध्यक्ष मनिराम थारुकाे प्रमुख अातिथ्यमा सम्पन्न क्षेत्रीय समितिमा दिनेश चौधरी-अध्यक्ष (बारा), सारा चौधरी- महिला उपाध्यक्ष (चितवन), लक्ष्मण प्रसाद थारु- वरिष्ठ उपाध्यक्ष (कपिलवस्तु), दीपेन्द्र चौधरी- महासचिव (सुनसरी), रामलोचन प्रसाद चौधरी- सचिव (बारा), रमेश चौधरी- सहसचिव (दाङ), सिलिप चौधरी र अक्षय कुमार थारू -कोषाध्यक्ष (सुनसरी/कपिलवस्तु ), देवनन्द कुमार चौधरी- सह कोषाध्यक्ष (सुनसरी), रामनन्द चौधरी र बिनय चौधरी- बरिष्ठ सल्लाहकार (बारा), पारस चौधरी- सञ्चार सचिव (बारा), बिरेन्द्र कुमार चौधरी- (सिरहा), विवेक नन्द कथरिया- (कैलाली), राकेश चौधरी (बारा), अनिल कुमार चौधरी (उदयपुर ), बन्धु चौधरी (बारा), शियाराम चौधरी (बारा), देबिनन्द चौधरी (बारा), राजेश सिंह (बारा), चन्तुराम थारु (बर्दिया), पृथीचन चौधरी (सुनसरी), भगिराम थारू (बर्दिया) रहेका छन् ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष मनिराम थारुले मलेसियामा रोजगारीको सिलसिलामा कार्यरत रहेका थारु युवा लगायत बुद्धिजीवीहरुलार्इ एक जुट गरी विगत एक वर्षदेखि समाजले काम गर्दै अाएकाे बताए । समाजकाे पहिलाे अध्यक्ष आर चौधरी थारु रहेका थिए । समाजले केही समयमा नै मलेसियाको तेस्रो ठूलो राज्य पेनाङमा पनि क्षेत्रीय समिति गठनकाे तयारीमा रहेकाे जनाएकाे छ । कार्यक्रममा समाजका केन्द्रीय संचार सचिव भागवत चौधरी थारुको पनि उपस्थिति रहेकाे थियाे ।

समाजले नयाँ वर्ष २०१८ को जनवरी महिनामा वार्षिक उत्सव मनाउने तयारी गरिरहेकाे जानकारी दिएकाे छ । साे अवसरमा समाजले विभिन्न क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तित्व, पत्रकार लगायतलार्इ सम्मान गर्ने जनाएकाे छ । साे अवसरमा थारु समुदायमा पाइनाे खानाका परिकारहरुसहित माघी मिलन कार्यक्रम पनि अायाेजना गर्ने जनाएकाे छ ।

Loading...