करोडौ ठगीको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, १० मंसिर । ठगिको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

नेपाल इन्जिनियरिङ कलेजले नै न्यौपाने विरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो ।

न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ ।

२ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।

Loading...