टेस्लाका इलोन मस्क बिल गेट्सलाई उछिन्दै भए ३५ औं स्थानबाट उक्लेर दोस्रो धनी

काठमाडौं । टेस्ला तथा स्पेस एक्सका मालिक इलोन मस्क माइक्रोसफ्टका संस्थापक बिल गेट्सभन्दा धनाढ्य व्यक्ति बनेका छन्। बिल गेट्सलाई पछिपार्दै मस्क विश्वकै दोस्रो धनाढ्य व्यक्ति बनेका हुन्।

आफ्नो विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्य ५ सय अर्ब डलर भएपछि मस्कको व्यक्तिगत धन १२८ अर्ब डलर पुगेको बताइएको छ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जेफ बेजोस अहिले पनि विश्वका सबैभन्दा धनाढ्य व्यक्ति नै हुन्। बेजोसको सम्पत्ति १८२ अर्ब डलरभन्दा बढी भएको बताइएको छ।

मस्क भने विश्वको ३५ औं धनाढ्य सूचीबाट एकैपटक विश्वको दोस्रो धनी व्यक्ति बनेका हुन्। पछिल्लो समय टेस्लाको सेयरमा भारी वृद्धि भएको बताइएको छ। एजेन्सी

Loading...