मेसीबिनै बार्सिलोनाले ४–० ले हरायो डायनाभो किभलाई

काठमाडौं । डायनाभो किभलाई पराजित गर्दै बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

कप्तान लियोनल मेस्सीबिनै मैदान उत्रेको बार्सिलोनाले डायनाभो किभलाई ४–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।

खेलेका चारै खेलमा जित निकाल्दै १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ।

बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले दुई तथा सर्जिनो डेस्ट र एन्टोइन ग्रिजमनले एक–एक गोल गरेका थिए।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो।

गएराति नै भएको समूह जी को अर्को खेलमा युभेन्टस्ले पनि फेरेन्कभारोसलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।

४ खेलमा ९ अंक जोडेको युभेन्टस् अंकतालिकाको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो। डायनामो र फेरेन्कभारोसको समान १ अंक छ।

गएराति नै भएको समूह ई को खेलमा चेल्सी र सेभिल्ला दुवैले जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेका छन्। सेभिल्लाले क्राज्नोदारलाई २–१ ले तथा चेल्सीले रेन्नेसलाई २–१ ले पराजित गरेका हुन्।

Loading...