नेपाल प्रहरीमा एआईजी र डीआईजीको दरबन्दी थप

काठमाडौं । नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप भएको छ।

संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थपेको हो।

गृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप गर्नु पर्ने रायसहित स्वीकृतिका संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) मन्त्रिपरिषदमा पठाएको थियो।

दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार गृह मन्त्रालयले पाएको मन्त्रालयले जनाएको छ । पत्र प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले रिक्त रहेका पदमा बढुवाको तयारी थालेको छ। नयाँ दरबन्दी थपसँगै बढुवा र समायोजनको बाटो खुलेको छ ।

Loading...