मंसिर २ गते सार्वजनिक बिदा हुनुको कारण यस्तो

काठमाडौँ। सरकारले २ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

किजा पूजाको अवसरमा सो दिन बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सहसचिव चक्रबहादुर बुढाद्वारा निकालिएको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो ।

नेपाल सरकारअन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक समितिले भने नेवार समुदायले नेपाल सम्बत तिथि अनुशार किजा पूजा ( भाई टिका ) मनाउने सार्वजनिक गरिसकेको छ। तर नेपाल सरकारअन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक समितिले भने मंसिर १ गते नै रहेको यसअघि नै स्पष्ट पारिसकेको छ ।

गृह मन्त्रालयको यस निर्णयसँगै दुई आधिकारिक सरकारी निकायबीच बेग्लाबेग्लै निर्णय भएका छन् ।
पञ्चांग निर्णायक समितिका सदस्य दैवज्ञ किर्ति मदन जोशीले हाल ज्योतिष शास्त्र शास्त्र पद्दतिमा सौर्य र चान्द्र मासको आधारमा गणना गरिने गरेको अनुशार २९ ,३० ,१ मा लक्ष्मी पुजा , म्ह पुजा र किजा पुजा ( भाइटिका ) पर्नजाने भएता पनी मङ्सिर २ मा परम्पराका आधारमा मानिन लागेकोमा सार्विजनिक बिदा दिनु उपयुक्त नै भएको बताउनु भयो।

बिगत २५ बर्ष यता विभिन्न चाड पर्व तिथि तय गर्दा मध्यनकाल र अपरान्ह्काललाइ गणना पद्दतिलाइ द्रिस्टिगत गरि तय हुने गर्नाले एकै दिनमा दुइ पर्व हुन गएको उहाको कथन छ।

 

Loading...