कोरोनाभाइरस विरुद्धको खोपको सकारात्मक परीक्षण बाहिरिएपछी नेपाली शेयर बजारमा सुधार , सुनको भाउमा भरि गिरावट

  काठमाडौँ। विश्व बजारमा कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण अत्याधिक सकारात्मक प्रभाव भएको खबर बहिरियेपछी मंगलबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक सुधार र सुनको मुल्यमा भरि गिरावट देखिएको छ । अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबर आइतबार बाहिरिए सँगै सार्वजनिक भएको हो ।
विश्व बजारको गतिको दाजोमा अक्सर असमान रहदै आएको नेपाली शेयर बजारको ट्रेन्ड ठिक बिपरित भएको छ।
नेप्से परिसूचक २५.९८ विन्दुले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ विन्दुमा पुगको छ । परिसूचक मात्रै नभएर कारोबार रकम समेत बढेर ४ अर्ब भन्दा माथि पुगेको छ । आज व्यापारमूलक, होटल र जीवनबीमा समूहका परिसूचकहरुमा ठूलो बृद्धि देखिएको थियो ।
यसै गरि सुनको भाउमा सोमबार बजार भाउ भन्दा ३ हजार ४ सय कायेम भए संगै तुलनात्मक रुपमा कारोबार केहि सुधार भएको ब्यबसायी को भनाइ छ।  

Loading...