धादिङका पत्रकार सीताराम बर्माको निधन

काठमाडौँ । धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ।

राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको शुक्रबार बिहान उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएकोहो।

किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए। उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए।

गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।

Loading...